Logo

लुम्बिनी बैंक र बरुण हाइड्रोको साधारण सभा आज



काठमाडौं, २६ पुस । पुस २६ गते आइतबार लुम्बिनी विकास बैंक र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सभा सुरु भएको छ । लुम्बिनी विकास बैंक लिमिटेडले केन्द्रिय कार्यालय काठमाडौंमा १३ औं वार्षिक साधारण सभा बिहान ११ बजेदेखि सुरु भएको छ ।

सभाले ०७६÷०७७ आवको मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ ।

त्यस्तै, बरुण हाइड्रोपावर कम्पनीले १७ औं वार्षिक साधारण सभा युनियन हाउस अनामनगरमा ११ बजे आयोजना गर्दैछ । ०७६÷०७७ आव को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद लाभांश हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सभाले पारित गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot