Logo

मुम्बई हमलाका योजनाकार रहमानलाई पाँच वर्ष कैदको फैसला



एजेन्सी, २६ पुस । २००८ मा भएको मुम्बई हमलाका मुख्य योजनाकार र फाइनान्सर लस्कर–ए–ताइवाका अग्रज नेता जाकी–उर–रहमान लाख्वीलाई पाकिस्तानी अदालतले पाँच वर्ष कैदको फैसला सुनाएको छ । मुम्बई हमलाको मुख्य योजनाकारलाई भारत र अमेरिकाले निरन्तर दोषी ठह्याइरहेको बेला पाकिस्तान अदालतले शनिबार पाँच वर्ष कैदको फैसला सुनाएको हो ।

भारतले पाकिस्तानी सरकारलाई लाख्वीविरुद्व सख्त कदम उठाउन सुरुवाती दिनबटै भनिरहेको थियो । उक्त हमलाले मुम्बईलाई स्तब्द बनाएको थियो । त्यस घटनामा १६० जनाले आफ्नो ज्यान गुमाएको थियो । दिल्लीले इस्लामाबादलाई पुख्ता सबुत नदिएको कारण उनलाई कारवाही नगरेका स्पष्ट पारेका थियो । उनलाई २००८मा प्रहरीले हिरासरतमा लिएका थिए । पछि उनी बेलमा रिहा भएका थिए । उनलाई पाकिस्तानी अदालतले पुनः शनिबार आतंकवादमा लगानी गरेको कारण कैदको फैसला सुनाएको छ । पाकिस्तानले उनलाई दिएको फैसलालाई अमेरिकाले स्वागत गरेसंगै मुम्बई हमलाको मुख्य दोषी अझ पनि बताइ रहेको जनाइएको छ । संयुक्त संघको सुरक्षा परिषद्ले लाख्वी विभिन्न आतंकवादी संगठनमा संलग्न रहेको र भारतबाहेक अन्य क्षेत्र र देशहरुको घटनालाई निरन्तरता दिएको आरोप लगाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot