Logo

शेयर बजारको आकार ३० खर्बमाथि



काठमाडौं, पुस २७ । आइतवार शेयरबजार सूचकांक र कुल बजार पूँजीकरणले सर्वाधिक उचाइको रेकर्ड कायम गरेको छ ।आइतवार नेप्से परिसूचक ४१.२४ अंकले बढेर २२३५.७२ को आजसम्मको सर्वाधिक उच्च विन्दुमा पुगेको छ । त्यसैगरी शेयरबजारको आकार ३० खर्ब ११ अर्ब ४१ करोड ६० लाख ७४ हजारको भएको छ ।

गत बिहीवार २९ खर्ब ५५ अर्ब ८६ करोड ४० लाख ६५ हजार रहेको कुल बजार पूँजीकरण आइतवार एकै दिन ५५ अर्ब ५५ करोड २० लाखले बढेर सर्वाधिक बन्न पुगेको हो ।साताको पहिलो दिन नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव २१ अंकले बढेर ४२८ दशमलव ४३ बिन्दुमा पुगेको छ ।

यसै गरी फ्लोट इन्डेक्स ३.५५ अंक र सेसेन्टिभ फ्लोट इन्डेक्स ३.०३ अंकले बढेको छ ।यो दिन कारोबार रकम पनि ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार बराबरको रहेको छ । २०७ कम्पनीको ५७ हजार १७१ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयर कारोबार भएको हो ।

नेप्सेसँगै कारोबार रकम पनि बढ्दै गएकाले लगानीकर्ताहरू उत्साहित भएका छन् । नेप्से परिसूचकको वृद्धिलाई कारोबारको आकारले पनि साथ दिएकाले परिसूचक बलियो भएको र अझै यो बढ्दै जाने सम्भावना देखिएको जानकारहरू बताउँछन् ।

उच्च अंकले बढेको बजारमा २०७ कम्पनीको शेयर कारोबार भएको छ । यस दिन १३२ कम्पनीको शेयर मूल्य बढेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्