Logo

पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा



काठमाडौं, पुस २७ । नेपाल खेलकुद पत्रकार मञ्चले आगामी मंगलबार आयोजना हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को तयारी पूरा भएको जनाएको छ।कोरोना भाइरस महामारीको जोखिमका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्डको १७औं संस्करण भर्चुअल स्वरूपमा हुने लागेको हो।

उक्त अवार्ड ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार अपरान्ह साढे ४ बजेदेखि सुरु हुनेछ। कोभिड–१९ का कारण विशेष स्वास्थ्य मापदण्ड अपनाएर आयोजना गर्नुपर्ने भएकाले अवार्ड सेमी भर्चुअलमा हुन लागेको हो। यस अघि हजारौं खेलप्रेमीका माझ हुने अवार्ड यस पटक भने सीमित मानिस उपस्थितिमा आयोजना गरिँदै छ।

कार्यक्रममा विभिन्न विधामा मनोनयनमा पर्ने खेलाडी, खेलकर्मी, पुरस्कार प्रदान गर्ने अतिथि र आयोजक मञ्चका सदस्यको मात्र उपस्थिति रहनेछ। उक्त अवार्ड एनटिभी प्लस एचडी, एक्सन स्पोटर््स एचडी, इमेज च्यानल र जनता टिभीबाट प्रत्यक्ष प्रसारण हुने आयोजकले जनाएको छ। साथै एनएसजेएफको युट्युब च्यानल र त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा पनि कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने भएको छ भने जुममार्पmत सहभागिता तय गरिएको छ। कार्यक्रममा चर्चित कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति रहनेछ।

पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ। वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन्। पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरूणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको भोटिङ लाइन सोमबार राती १२ बजेसम्म मात्र ई–सेवामार्पmत गर्न सकिनेछ। त्यस्तै फेसबुक लाइक, आयोजक मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मत पनि उक्त विधामा गणना हुनेछन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्