Logo

भायानेट कम्युनिकेशनमा अनाधिकृत पहुँच राख्ने किशोर पक्राउ



काठमाडौं, २७ पुस । भायानेट कम्युनिकेशन प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनाधिकृत पहुँच राखेको अभियोगमा रुपन्देही तिलोत्तमाका करिब १८ वर्षीय किशोरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त प्राइभेट लिमिटेड इन्टरनेट सेवा प्रदायक ग्राहकहरुको तथ्याङकमा अनाधिकृत रुपमा पहुँच पु¥याई फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर लगायतका सामाजिक संजालमा स्क्रिप्ट सार्वजनिक गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा ती किशोरलाई बुटवलबाट पक्राउ गरेको जनाएको छ ।

ती किशोरले उक्त प्राइभेट लिमिटेडको विद्युतीय संयन्त्रमा अनाधिकृत रुपमा पहुँच राखी डाटा व्रिच गरी ‘नरपिचास’ नामको ट्वीटर ह्नाण्डल लगायतका सामाजिक संजालको माध्यमबाट स्क्रिप्ट सार्वजनिक गरी विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन बमोजिम कसूर गरेको खुल्न आएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको उक्त व्युरोले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्