Logo

२४ वर्षीया महिलालाई बिक्रि गरी श्रीलंकामा बन्धक बनाएपछि…



काठमाडौं, २७ पुस । मावन बेचबिखनमा संलग्न फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गैरकानुनी रुपमा श्रीलंका पु¥याई मानव बेचबिखनमा संलग्न रही फरार रहेका झापा बुद्वशान्ती गाउँपालिका–२ घर भएका अमृत नेपाल भन्ने ४१ वर्षीय अमृत बहादुर विश्वकर्मा पक्राउ परेका हुन् ।

प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले विश्वकर्मालाई घरबाट पक्राउ गरेको जनाएको छ । अमृतले २४ वर्षीया महिलालाई बेचबिखन गर्ने उद्देश्यले विभिन्न प्रलोभनमा पारी २०७६ फागुन ३ गते कुवेतमा घरायसी काममा लगाई दिने भन्दै काकडभिट्टा, सिलगुडी, भारतको नयाँदिल्ली, मुम्बई, चेन्नई हुँदै गैरकानुनी रुपमा श्रीलंका पु¥याई त्यहाँका एजेन्टहरुको घरमा बन्धक बनाएका थिए ।

श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा गत मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन । अमृत माथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्