Logo

पार्किङमा राखेको स्कुटरमा आगजानी गर्ने युवक पक्राउ



स्याङजा, २७ पुस । स्कुटरमा आगजानी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आँधिखोला गाउँपालिका–२ मडुवा बस्ने खिमानन्द सापकोटाको ग.४ प ९६३७ नम्बरको स्कुटरमा आगजानी गरेको अभियोगमा २८ वर्षीय रबिन क्षेत्री पक्राउ परेका छन् ।

पुस १४ गते राति सापकोटाको घर नजिकै पार्किङ गरी राखेको स्कुटरमा आगजानी भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न क्षेत्रीलाई पक्राउ गरेको जानकारी दिएको छ ।
उनीमाथि आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी मुद्धामा जिल्ला अदालत स्याङजाबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्