Logo

लागूऔषध सहित कलंकीबाट तीन जना पक्राउ



काठमाडौं, २७ पुस । नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ परेका छन् । काठमाडौं कलङकी मकालु पेट्रोल पम्प अगाडि सडक किनारबाट नियन्त्रित लागूऔषध १५ ट्याब्लेट नाइट्राजेपाम नाइट्राभेट, १ सय एम्पुल डाइजेलाप, १ सय एम्पुल बुप्रेनोर्फिन (नूफिन) र १ सय एम्पुल फेनारगन सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं रविभवन बस्ने २८ वर्षीय नकुल श्रेष्ठ, गोरखा पालुङटारका २९ वर्षीय गणेश श्रेष्ठ र चितवन भरतपुरका तनहुँ बन्दिपुर घर भएका ३५ वर्षीय मनोज नेपाली रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्