Logo

लकडाउन पछि उपत्यकामा घरजग्गा कारोबारमा दोब्बर बृद्धि



काठमाडौं, २७ पुस । लामो समयसम्म भएको लकडाउनपछि घरजग्गा कारोबारमा उल्लेख्य रुपमा बृद्धि भएको छ । भुमि व्यवस्था विभागको अनुसार १९ पुस देखि २४ गतेसम्म १८ हजार घरजग्गा बैंकमा ऋण राखेर धितो लिएका छन् । १० हजार भन्दा धेरैले ऋण तिरेर घरजग्गा फुकुवा गरेका छन् ।

देशभर घरजग्गाको कारोबारमा बृद्धि भइरहेको बेला काठमाडौं उपत्यकामा कारोबार दोब्बर बृद्धि भएको छ । अहिले दैनिक ४ देखि ५ सय घरजग्गा खरिद बिक्रि भैरहेका छन् ।

उपत्यकाका ललितपुर, भक्तपुर, कंलकी, साँखु, लगनखेल र टोखामा अत्याधिक घरजग्गा किनबेच भैरहेको भुमि व्यवस्थापन विभागको तथ्यांक छ । लगनखेल र भक्तपुरमा दैनिक सय भन्दा बढी घरजग्गा खरिद बिक्रि भैरहेको छ ।
हाल बैंकको ब्याजदर घटेकोले मानिसहरुले जग्गा जोड्न तिर लागेको कारण मध्ये एउटा हो ।



प्रतिक्रिया दिनुहोस्