Logo

१५ लाख भन्दा बढी रुसी नागरिकले लगाए कोरोनाविरुद्वको खोप



एजेन्सी, २७ पुुस । रुसी रिसर्च सेन्टर ग्यामलेयाद्वारा निर्मित स्पुतनीक भीलाई रुसका १५ लाख भन्दा बढी व्यक्तिले लगाएका छन् । रुसी डाइरेक्ट इनभेस्टमेन्ट फन्डले आइतबार यस विषयको जानकारी गराए ।

ग्यामलेया रिसर्च सेन्टरका प्रमुख एलेक्जेन्डर गिंटस्बर्गले भने, ‘स्पुतनीक भीलाई रुसका १५ लाख भन्दा बढी व्यक्तिले लगाएका छन् । उनीहरुमाथि प्रयोग भएको खोपले कुनै प्रकारको साइड इफेक्ट देखिएको छैन् ।’ नयाँ वर्षका विदा अघि स्पुतनीक भीको १५ लाख डोज नागरिकलाई लगाइने समेत जानकारी गराइएको छ । गत वर्षको मध्य डिसेम्बरदेखि रुसले मास भ्याक्सिनेशन अभियान सुरु गरेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्