Logo

संसद बिघटनबारे उहिले र अहिलेको ओलीको बोली (भिडियोसहित)



काठमाडौं, २७ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा २०७३ सालमा प्रतिनिधिसभाको रोष्टममा उभिएर भनेका थिए, ‘संसद भंग हुँदैन । जतिबेला प्रधानमन्त्री भइरहनुपर्दैन भन्छ तब छाड्छु ।’

त्यतिबेला अल्पमतको प्रधानमन्त्री बनेका ओलीको त्यो बोली दोस्रो पटक भारी बहुमतको प्रधानमन्त्री हुँदा फेरिएको छ । उनले प्रतिनिधि सभा बिघटन गरेका छन् । त्यसको प्रश्न उठदा राष्ट्रियसभाको रोष्टममा उभिएर भने, ‘प्रधानमन्त्रीले प्रतिनिधि सभा बिघटन गर्न पाउँदैनन् भनी कहाँ लेखेको छ ?’ उनले धारा ७६ को उपधारा ७ मा बिघटन गर्ने लेखेको समेत दाबी गरेका छन् ।

ओलीले त्यतिबेला संसदले आफूलाई प्रधानमन्त्री चुनेकोले त्यसको कदर गर्ने समेत बताएका थिए । तर, उनले यसपटक प्रतिनिधिसभा नै बिघटन गरेर यसको बचाऊ गर्दै आएका छन् । ओलीले पार्टीभित्रको विवादका कारण प्रतिनिधि सभा बिघटन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्