Logo

२०६५ सालमा सुरु स्वरोजगार कार्यक्रम के हुँदैछ ?



पुष २७, काठमाण्डौ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष युवाहरूलाई स्वदेशमै आयआर्जनमा लगाउने र स्वरोजगार बनाउने उद्देश्यसहित २०६५ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना भएको थियो । जसअनुरुप हाल स्वरोजगार कोषले उद्यमशील बन्न चाहने युवाहरुका लागि अर्बौँ रुपैयाँ लगानी गरिरहेको भनिरहेको छ । तर संचालनमा आएको करीब १२ औं वर्ष चलिरहँदा लक्ष्य प्राप्त हुन सकेको छैन ।

बेरोजगारीको अन्त्य गर्दै देशभित्रै रोजगारीको विकास गर्ने उद्धेश्यले स्थापना भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले लक्षअनुरुप काम गरेको पाईदैन । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १८ बर्ष माथिका र ५० बर्ष भन्दा मुनिका युवाहरुका लागि कर्जा सुविधा उपलब्ध गराउँने गरेको छ । कोषले बिनाधितो सहकारी संस्थाहरु मार्फत ऋिण प्रवाह गर्ने गरेको छ । तर लक्षित बर्गसम्म पुग्न सकेको छैन । सहकारीमार्फन हुने प्रक्रियाको ढिलाईले लक्ष्य प्राप्त गर्न नसकेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको दावी छ ।

अब सहकारीमार्फत हुने प्रक्रिया हटाउनका लागि नियम परिर्माजन गरी एकद्वार प्रणाली बाट सेवा बिस्तार गर्ने योजना अघि बढाएको कोसका कार्यकारी उपाध्यक्ष देवराज रोक्काको भनाई छ । कोषले सहकारिलाई ४ प्रतिशतमा दिने र उस्ले ८ प्रतिशतमा लगानी गर्ने र व्यासायीले किस्ता फिर्ता गरीसके पछि ६० प्रतिशत व्याज अनुदान फिर्ता पाउने व्यावस्था छ । तर सहकारिले लक्षित वर्ग सामु पुर्याउन नसकेको कारण आफुहरुको बदनामी हुने गरेको संघका कार्यकारी उपाध्यक्ष देवराज रोक्काको तर्क छ ।

हाल कोषमा १ देखी डेढ अर्बको हाराहारीमा रकम संचित रहेको र यसलाई तत्काल बिस्तार गर्ने योजना छ । हास, कुखुरा, माछा पालन, बाख्रा, गाई,लोकल कुखुरा, फलफुल, तरकारी खेति र्याफ्टिङ, होमस्टे लगायतको कार्य बिस्तार गर्ने योजना अनुसार काम भईरहेको कोषका सुचना अधिकारी सम्झना वाग्लेको भनाई छ ।

आर्थिक रूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, द्वन्द्वपीडित, अपाङ्ग, घाइते परिवार एव युवा तथा परम्परागत सीप भएका जात जातिहरूलाई व्यवसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सहुलियत ब्याजदरमा कर्जा प्रदान गरिने लक्ष्य हो । तर यो कार्यक्रम राजनीतिक दलका कार्यकर्तालाई मात्र लक्षित हुने गरेको अरोप लाग्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्