काठमाडौं, पुस २८ । बैंक तथा वित्तीय संस्थामा कोभिडपछि बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य पूँजी ९तरलता० भएकाले बैंकहरूले पुनर्कर्जा आवेदनमा कम चासो दिएका छन् । नेपाल राष्ट्र बैंकले यसअघि साना ऋणीहरूलाई केन्द्रित गरेर पुनर्कर्जाको आवेदन गर्न भनिए पनि साना ऋणीहरू नै यसबाट वञ्चित भएको गुनासो आएको छ । यद्यपि अहिले केन्द्रीय बैंकले दोस्रोपटक पनि पुनर्कर्जाका लागि आवेदन भने खुलाइसकेको छ ।
पहिलोपटकको आवेदनमा बैंकहरूले पुनर्कर्जाका लागि आवेदन गरिएको कुल रकममध्ये कम्तीमा ७० प्रतिशत रकम रू। १५ लाखसम्मका लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाअन्तर्गत हुने गरी माग गर्नुपर्ने भनिए पनि यस्ता ऋणीले पाउन नसकेको नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले बताउँछन् । ‘रू। १५ लाखसम्म कर्जा लिएका साना व्यवसायीले यस्तो सुविधा उपयोगका लागि बैंकमा धाउँदा धाउँदै कति जोर जुत्ता फाटिसकेको छ । तर, अभैm यो सुविधा पाएका छैनन्,’ उनले भने, ‘यो विषयलाई हामीले पटकपटक सार्वजनिक कार्यक्रमहरूमा उठाइरहेका छौं । राष्ट्र बैंकका एक पदाधिकारीले ६४ हजार मान्छेलाई यस्तो सुविधा दिन्छौं भनेका थिए । तर, हामी जस्ता कमैले पाएका छन् ।’
मौद्रिक नीतिबाट केहि फाइदा हुन्छ भनेर देशभरिका उद्योगीले आश गरेको उनको भनाइ छ । केन्द्रीय बैंक पहिलोपटक आ≈वान गरेको आवेदनमा माग गरेअनुसारको पुनर्कर्जा नपरेपछि अहिले यो सीमा हटाएको छ ।
‘सकभर लघु, घरेलु तथा साना ऋणीलाई बढी समेट्नुहोस् भनेका छौं । त्यस्ता खालका ऋणीहरू बैंकमा छैनन भने अरू ऋणीलाई पनि दिन सकिन्छ भनेका छौं,’ राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । ‘यस्तो सुविधा नपाएको भन्ने ऋणीले अब बैंकमा गएर निवेदन दिन सक्छन् । माघ १६ गतेसम्मको समय थपिदिएका छौं । पहिलो पटकबाटै ४० हजार ९ सय ८३ जना ऋणीले पाइसकेका छन्,’ उनले भने ।
नेपाल राष्ट्र बैंकले कोरोना महामारी तथा बन्दाबन्दीबाट प्रभावितलाई राहत दिन ल्याएको एकमुष्ठ पुनर्कर्जाको लागि बैंक तथा वित्तियसंस्थामार्फत ५० अर्ब रुपैयाँ गएको छ । रू। १ खर्ब ४८ अर्ब मध्य अभैm ९८ अर्ब रुपैयाँको एकमुष्ट पुनर्कर्जा सुविधा दिन केन्द्रीय बैंकले पुनः माघ १ गतेदेखि १६ गतेसम्म आवेदन दिन आह्वान गरेको हो ।
बैंकरहरू भने बजारमा अधिक तरलताको स्थितीले एकमुष्ट पुनर्कर्जामा कम चासो भएको स्वीकार गर्छन् । तर, तोकिएको सीमाभित्र रहेका ग्राहकले दिएको आवेदनलाई समेटेको बैंकरहरूको दाबी छ । नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली बजारमा अधिक रूपमा लगानी योग्य पूँजी ९तरलता० भएकाले पनि बैंकरहरूको पुनर्कर्जामा धेरै चासो नभएको बताउँछन् । ‘बैंकसँग भएकै पैसा अधिक छ भने २ प्रतिशतको मार्जिन लिएर के फाइदा हुन्छ भनेर बैंकहरूको चासो कम भएको हुनसक्छ,’ उनले भने ।
सिटिजन्स बैंकका डीसीईओ बोधराज देवकोटा एकमुष्ट पुनर्कर्जाका लागि बैंकको तर्फबाट पनि ऋणीहरूबाट आवेदन माग गरिरहेको बताए । अहिले अधिक तरलताले पनि फरक पारेकाले असहज परिस्थितिमा पनि आवेदन माग गरिरहेको बताउँदै उनले भने, ‘केन्द्रीय बैंकले बैंकहरूलाई आह्वान गरेझैं हामीले ग्राहकलाई भनेका छौं । त्यो पुनर्कर्जा ल्याएर पनि कर्जाबापतको रकम ल्याएर पनि बैंकले लगानी नै गर्ने हो । आर्थिक अभियान दैनिकबाट