Logo

फागुनभित्र कोरोना भाइरसविरुद्धको खोप आइपुग्छः स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम



काठमाडौं, २८ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना भाइरस विरुद्धको खोप फागुन महिना भित्रमा आइसक्ने बताएका छन् । उनले खोप ल्याउने प्रक्रिया शुरु भइसकेको बताए ।

नेपाली रेडियो नेट्वर्कको नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता डा। गौतमले भने “हामीले यो दिन खोप ल्याउने भनेर किटान गरि सम्झैता गरेको छैन, तर प्रकृया सुरु भइसकेको छ, खोप ल्याउदा ७ देखी ८ डिग्रीमा राख्न मिल्ने, सस्तो र डब्लुएचओले स्विकृत दिएको खोप मात्रै ल्याउछौ।”

प्रवक्ता डा। गौतमले ६० प्रतिशतलाई पुग्ने कोभ्याक्सबाट आउने बताउदै बाँकीको लागि जुन देशले छिटो र प्रभावकारी रुपमा निर्माण गर्छ त्यसलाई सरकारले पैसा तिरेर ल्याउने र जनतालाई निशुल्क रुपमा लगाउने बताए ।

सरकारको पहिलो प्रथामिता उच्च जोखिममा रहेका स्वास्थ्यकर्मी, सुरक्षकर्मी लगायत अग्रपंक्तिमा रहेका व्यक्तिहरुलाई, ५५ वर्ष उमेरमाथिका र दीर्घरोगीहरुका लागि उपलब्ध गराइने उनको भनाई छ ।

प्रवक्ता डा।गौतमले साधारणतया खोप निर्माण गर्न १० बर्ष लाग्ने हुदा अहिले एक बर्षमै तयार भएका खोप सय प्रतिशत विश्वास गर्न नसकिने बताए। निजी क्षेत्रले आफैले खोप ल्याए पनि पहिलो प्राथमितामा सरकार रहेकाले ७० देखि ८० प्रतिशत सरकारलाई बुझाउनु पर्ने बताए ।

संक्रमण दर कम भए पनि संक्रमणको जोखिम नघटेकोले सवै सचेत रहन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।गौतमले अनुरोध गरे ।



प्रतिक्रिया दिनुहोस्