काठमाडौं, २८ पुस । सनराइज बैंक लिमिटेडले ५ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो । सो शाखारहित बैंकिङ्ग सेवा संचालनसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६३ पुगेको बैंकले जनाएको छ ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सक्नेछन् । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
पुस २७ गतेबाट काठमाडौं कलंकी स्थित मालपोत कार्यालयमा बैंकको १२ औं एक्सटेन्सन काउण्टरको शुभारम्भ गरेको छ । हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ६३ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।