Logo

वैशाखमा निर्वाचन हुनेभए काँग्रेस महाधिवेशन पछि सर्ने निधिको भनाई



जनकपुरधाम, २८ पौष । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा बिघटनबारे अदालतमा विचाराधीन मुद्दाको छिटो फैसला हुनुपर्ने बताएका छन् । उनले अदालतको फैसला पर्खेको भन्दै काँग्रेस त्यस अनुसार महत्वपूर्ण कदम चालेर बढ्ने बताए ।

प्रेस युनीयन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निधिले काँग्रेसको १४ औं महाधिवेशन मध्यावधि चुनाव हुने या नहुने विषयले प्रभावित हुने बताए । चुनाव वैशाखमा हुने भए महाधिवेशन पछि सर्ने र नहुने भए अघि नै हुने समेत प्रष्ट पारे । उनले भने,‘चुनाव भएमा महाधिवेशन पछि हुन्छ, नहुने भए अगाडि नै हुन्छ ।’

काँग्रेसले अदालतको फैसलाको सम्मान गर्ने समेत बताए । अदालतको आदेशको पर्खाईमा काँग्रेस रहेको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्