Logo

नेप्सेमा सिद्वार्थ बैंकको शेयरमुल्य समायोजन



काठमाडौं, २८ पुस । सिद्वार्थ बैंक लिमिटेडको शेयर मुल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समायोजन गरेको छ । नेप्सेले बैंकको १२ प्रतिशत बोनस शेयर समायोजन गरेको जनाएको छ ।

आगामी साधारण सभाको लागि बैंकले बुक क्लोज गरेसँगै नेप्सेले मुल्य समायोजन गरी नयाँ मुल्य प्रतिकित्ता ४२१ रुपैयाँ निर्धारण गरेको हो ।

बैंकको हिजोको अन्तिम कारोबार मुल्यको आधारमा नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । बैंकको अन्तिम कारोबारको दिन हिजो शेयर प्रतिकित्ता ४७२ रुपैयाँमा कारोबार भएको थियो । बैंकले माघ १६ गते १९ औं वार्षिक साधारण सभा बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस्