Logo

सानिमा क्यापिटलले १० करोड कित्ता ‘सानिमा लार्ज क्याप फन्ड’ जारी गर्ने



काठमाडौं, २८ पुस । सानिमा क्यापिटलले ‘सानिमा लार्ज क्याप फन्ड जारी गर्ने जानकारी दिएको छ । माघ ९ गतेबाट क्यापिटलले सानिमा म्युचुअल फन्ड अन्र्तगत १० करोड कित्ता जारी गर्ने भएको हो ।

जसमध्ये १ करोड ५० लाख इकाई कोष प्रवद्रधक सानिमा बैंकका लागि र बाकी भएको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस फन्डमा माघ १३ गतेबाट आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यो सात वर्षे बन्दमुखी योजना हो । लक्ष्य अनुसार इकाईहरु बिक्रि नभएमा माघ २६ गतेसम्म आवेदन खुला गर्ने क्यापिटलले जनाएको छ ।

फन्डमा आस्वा अनुमति लिएका सबै बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्