Logo

एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने पक्राउ



सुनसरी, २८ पुस । एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको भन्ने सो बैंकबाट प्राप्त हुन आएको जानकारी अनुसार सिसीटिभी फुटेज संकलन गरी उक्त व्यक्तिको खोजी गर्ने क्रममा सो कार्यमा संलग्न सुभानलाई धरान घोपाबाट प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्