Logo

लाठी प्रहार गरी भाईको हत्या



बाँके, २८ पुस । आफ्नै भाईको टाउकोमा लाठी प्रहार गरी हत्या गरेको अभियोगमा दाजुलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै सहोदर भाई १७ वर्षीय रहिस खाँको टाउकोमा लाठी प्रहार गरी हत्या गरेको अभियोगमा नरैनापुर गाउँपालिका–४ नरैनापुरका ३० वर्षीय ईसाईल खाँ सोमबार बेलुका पक्राउ परेका हुन् ।

सोही ठाउँस्थित वारीसी बाबा सामुदायिक वनमा गएको अवस्थामा ईसाईलले लाठी प्रहार गर्दा रहिसको घटनास्थलमै मृत्यु भएको थियो । खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नैनापुर र ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले ईसाईललाई नियन्त्रणमा लिएको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्