Logo

कोरोनाबाट थप ५ जनाको मृत्यु, कुल मृतकको सख्या १९३२ पुग्यो



काठमाडौं, २८ पुस । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ४ सय ३० थपिएका छन् । आज ३ सय ९० जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६५ हजार ६ सय ९८ संक्रमित भएपनि २ लाख ५९ हजार ३ सय ५८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ४ हजार ४ सय ८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १९ लाख ९२ हजार ८ सय ५५ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या २३७ हजार  रहेको छ ।



प्रतिक्रिया दिनुहोस्