Logo

गिनिज बुकमा रेकर्ड राखेका राज्यमन्त्री रामवीरलाई मन्त्री गुरुङ्गबाट सम्मान



काठमाडौं, २८ पौष । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लगातार ४ घन्टा ६२ वटा गीत गाएर विश्व किर्तिमान कायम गरेका थिए । उनले दुई हप्ता अघि अष्टनारायण हल बालाजुमा लगातार गीत गाउँदा बेलायतबाट पाँचजना जज पनि आएका थिए ।

बहालवाला मन्त्रीले चार घन्टासम्म गीत गाएर गिनिज बुकमा नाम लेखाउन सफल भएको यो पहिलो घटना थियो । राज्यमन्त्री मानन्धरले गिनिज बुकमा नाम लेखाएको प्रमाणपत्र पाउने भएका छन् । मानन्धरलाई त्यसको कदरस्वरुव आज सञ्चार मन्त्रालयमा सम्मान गरिएको छ । सञ्चारमन्त्री पार्वत गुरुङले उनलाई बधाई दिदै सम्मान गरेका हुन् ।

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot