Logo

सुदूरपश्चिममा एक सिट जितेर देखाउन प्रचण्ड नेपाल समूहलाई मन्त्री आलेको चुनौती



काठमाडौं, २९ माघ । वन तथा वातावरण मन्त्री प्रेम आलेले सुदूरपश्चिममा एक सिट जितेर देखाउन दाहाल–नेपाल समूहलाई चुनौती दिएका छन् । त्रिलोचन भट्ट मुख्यमन्त्री बन्नुमा मुख्य हात आफ्नो भएको आलेले दाबी गरे । छ प्रदेश मध्ये नेकपाको सबै भन्दा कमजोर नेता त्रिलोचन भट्ट भएको मन्त्री आलेको आरोप थियो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग मन्त्री आलेले भने“आम जनता निर्बाचनमा गइसकेका छन, त्यसैले तोकिएकै समयमा चुनाव हुन्छ, प्रधानमन्त्रीसंग ६४ प्रतिशत मत भएकाले ३६ प्रतिशत मतले संसद पुनर्स्थापना हुन सक्दैन ।”

मन्त्री आलेले हिम्मत हुनेले जनताको विचमा गएर नयाँ सरकार बनाउन चुनौती समेत दिए । प्रधामन्त्रीलाई संविधानले स्पष्ट रुपमा नै प्रतिनिधि सभा विघटनको अधिकार दिएको आलेको दावी छ ।

मन्त्री आलेले दाहाल–नेपाल समूहका नेता भिम रावललाई विकास विरोधीको संज्ञा दिए । सुदुर पश्चिममबाटै उठेर विकासका नाममा केहि काम नगरेको आरोप लगाउदै आफ्नो कार्यकाल ३ महिना भएपनि रावलको भन्दा राम्रो काम गरेर देखाउने दाबी गरे ।

उनले भने, “जसरी म अहिले शिर ठाडो बनाएर मन्त्रालयमा आएको छु, त्यस्तै ठाडो शिर बनाएर यो मन्त्रालयबाट बिदा लिन्छु, प्रधानमन्त्रीको शिर झुकाउने कदम कहिले पनि चाल्ने छैन ।”

मन्त्री आलेले आफूलाई लगाएको सबै आरोप झुटो भएको र त्यसमा कुनै तथ्य नभएको दावी गरे । नेता रावलको पक्षमा २५ बर्ष लाग्दा आफूलाई राम्रो भनेको तर अहिले साथ नदिदा झुटो आरोप लगाइएको उहाँको भनाई थियो ।

रावल रक्षा मन्त्री हुदा बिस्कुट खरिदमा कमिसन खाको आरोप लगाउदै पद प्राप्त नभएकाले रावलले खोक्रो राष्ट्रबादको ब्यबहार देखाउने गरेको आलेले टिप्पणी गर्नुभयो । सुदुरपश्चिम क्षेत्रमा भएको विकासको श्रेय प्रधानमन्त्रीलाई जाने उहाँले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्