Logo

बाराको जनता मा.वि.मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



बारा, २९ पुस । बारा जिल्लाको करैयामाईस्थित जनता मा.वि. को प्राङ्गणमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
पुस २६ गते नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले श्री नं.२८ बाहिनी अड्डा र श्री नं.२८ फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा नेपाल औषधी उत्पादक संघ, सामाजिक विकास मन्त्रालय नं.२ प्रदेश, सैनिक अस्पताल पोखराको सहयोग एवं चन्दननाथ गणको संयोजकत्वमा बाराको करैयामाई ७ स्थित जनता मा.वि. को प्राङ्गणमा १ दिने निःशुल्क जनरल ओपिडी तथा डेन्टल शिविर संचालन भएको हो ।

कोभिड–१९ का कारण स्वास्थ्य सेवाबाट बञ्चित र दुर्गम स्थानमा रहेका बिरामीहरुलाई निःशुल्क औषधी वितरण तथा स्वास्थ्य सेवा उपलब्ध गराइएको उक्त स्वास्थ्य शिविरबाट महिला १९५, पुरुष १३१ र बालबालिका ७६ जना गरि जम्मा ४१० जना सर्वसाधारणहरु लाभान्वित भएको नेपाली सेनाले जनाएको छ ।

सेना र आम नागरिक बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस किसिमको स्वास्थ्य उपचार सेवाले महत्वपूर्ण भूमिका खेल्ने नेपाली सेनाले विश्वास लिएको छ ।



प्रतिक्रिया दिनुहोस्