काठमाडौं, २९ पुस । राष्ट्रिय एकता परिषदले २९९ औँ पृथ्वी जयन्ती तथा एकता दिवस भव्य रुपमा सम्पन्न गरेको छ । हजारौँ को संख्यामा जनलहरको उपस्थितिसँगै काठमाडौंको खुल्लामञ्चबाट सुरु भएको ¥याली सिंहदरबार पुगेर कोणसभामा परिणत भएको थियो ।
राष्ट्रिय एकता परिषदका केन्द्रिय संयोजक श्री निक्ष शम्शेर जबराले शालिकमा पन्चकन्या सहित माल्यार्पण गरेका थिए ।
पृथ्वी जयन्तीको विशेष अवसरमा केन्दि«य संयोजक राणाले नेपाल राष्ट्रिय एकताका प्रवधर्क पृथ्वी नारायण शाहको एकीकरण देखीको उल्लेख्नीय भुमिकाको प्रशंसा गरे
उनले राजसंस्था को भुमिकालाई पछाडि पारेर देशमा अस्थिरता निम्त्याई हाम्रा परम्परागत मुल्य मान्यताहरुलाई समेत नष्ट गर्दै लगिएको कुरामा गहिरो चिन्ता व्यक्त गर्दै यस एकता दिवसको अवसरमा सबै नेपाली एक भएर आफ्ना परम्पारगत मुल्य मान्यता लाई जोगाउने तर्फ उन्मुख हुनु पर्ने मा जोड दिए ।
२०५८ सालमा स्थापाना भएको राष्ट्रिय एकता परिषद एक स्वतन्त्र नागरिक समाज हो जसको नेतृत्व निक्ष शमशेर राणाले गरेका छन् । केन्द्रिय संयोजक राणाले ६३ साल पछि निस्क्रिय रहेको राष्ट्रिय एकता परिषद देशमा फैलिँदै गएको विकेन्द्रिकरनको कारण फेरी नागरिक समाजको आवश्यक रहेको भन्दै अब सक्रिय रुपमा नागरिक समाज अगाडी आउने प्रष्ट पारे ।