Logo

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा ४६ लाख ९६ हजार



काठमाडौं, १ माघ । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब भत्ताबापत ४६ लाख ९६ हजार ३०६ रुपैयाँ भुक्तानी गरेको छ । बैंकले गत आर्थिक वर्षको साधारणसभामा पेश गरेको प्रतिवदनमा कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले ३० लाख १३ हजार ६४८ रुपैयाँ तलब र १६ लाख ८२ हजार ६५७ रुपैयाँ भत्ता बुझेको उल्लेख छ ।

बैंकको गत वर्ष कुल कर्मचारी खर्च २ अर्ब २२ करोड ४८ लाख रुपैयाँ पुगेको थियो । यो बाहेक खर्च ६६ करोड ८६ लाख रुपैयाँ छ ।

सभाले सर्वसाधारणको लागि ४ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्