Logo

के हीरा जल्छ ?



हीरा बहुमुल्य धातु भएपनि यो कार्बनबाट बनेको हुन्छ । हीरा लामो समयसम्म रहने गहना हो तर यसलाई ताप र पर्याप्त अक्सिजनसंग उचित प्रयोग गरेमा हीरा धुँवाको रुपमा परिणत हुन्छ ।

वेस्ट टेक्जास ए एण्ड एम युनिर्भसिटीका फिजिसिस्ट क्रिस्टोफर बेयर्डका अनु्सार कोठाको तापक्रममा हीरा १६ सय ५२ डिग्री फरेनहाइट (९सय डिग्री सेल्सियस) ले प्रज्वलित हुन्छ । हीराको तुलनामा उच्च–अस्थिर कोइला १२ सय ३३ फरेनहाइट (६सय ६७ सेल्सियस) ले प्रज्वलित हुन्छ, भने काठ ५ सय ७२ फरेनहाइट (३ सय सेल्सियस) ले प्रज्वलित हुन्छ । काठको प्रज्वलनशील यसको प्रकारमा भर पर्दछ ।

सुरुमा तताउँदा हीराले रातो चमक दिन्छ त्यसपछि यो सेतो हुन्छ । ताप सक्षम भएमा हीराको सतह र हावा बीच प्रतिक्रिया गराउदा हीरामा भएको कार्बन रंगहीन र गन्धहीन कार्बनमोनोअक्साइड ग्याँस धुवाँको रुपमा उत्पन्न हुन्छ । एजेन्सीको आधारमा



प्रतिक्रिया दिनुहोस्