Logo

११ वर्षिया बालिकामाथि बलात्कार गरेपछि विभत्स हत्या



एजेन्सी, १ माघ । ११ वर्षिया बालिकाको बलात्कारपछि विभत्स हत्या भएको छ । बलात्कार भएपछि पनि उनले अस्पतालमा उपचार पाइनन् र उनी चार दिन सम्म घरमै बस्न बाध्य भइन् । जबसम्म चाइल्ड हेल्प केयर र उक्त क्षेत्रका बिधायकको आँखा परेन् ।

यो घटना उत्तरको प्रदेश राज्यको साजाहापुरको हो । जहाँ ६ कक्षामा अध्ययनरत छात्रालाई बेलुकाको समयमा मैदान मै बलात्कार गरियो । बालिकाको परिवार राती सुत्ने क्रममा उनको घाँटीमा चोट, निशान र उनी रगतमा लिप्त भएको थाहाँ पाएपछि उनलाई सोही रात जिल्ला अस्पताल लगे । उनको बाबु किसान हुन् ।

पिडितका बाबुको भनाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले भनेका छन्,‘ अस्पतालले मेरो छारीलाई एक रात भर्ना गरेर भोली सिधै घर फिर्ता पठाइदियो । र, अन्य जाँचका लागि चिकित्सकले कुनै चासो देखाएनन् ।’ चाइल्ड हेल्पलाईनले बालिकाको अवस्था हेर्न उनको घर नै पुगेका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot