Logo

कोलकाताको सीएफएस सञ्चालनको पहल



वीरगञ्ज, माघ २ । भारतको कोलकातामा निर्माण भएको कन्टेनर फ्रेट स्टेशन (सीएफएस) सञ्चालनमा ल्याउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल थालेको छ । मन्त्रालय मातहतको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड (एनटीडब्ल्यूसी)का महाप्रबन्धकसहितको टोलीले कोलकाता पुगेर सरोकारका पक्षसित सीएफएस सञ्चालनका लागि समन्वय गरेको हो ।

एनटीडब्ल्यूसीको कोलकातास्थित कार्यालयका प्रमुख हिमनाथ पौडेलले महाप्रबन्धकसहितको ४ सदस्यीय टोलीले श्यामाप्रसाद मुखर्जी बन्दरगाह र बन्दरगाह भन्सार प्रशासनसँग सञ्चालनको प्रक्रियाबारे समन्वय गरेको जानकारी दिए ।

कोलकाता बन्दरगाह भन्सारले केही दिनअघिमात्रै सीएफएसलाई आफ्नो कार्यक्षेत्राधिकारमा समेटेको थियो । भन्सारले क्षेत्राधिकारमा राखेपछि नेपाली पक्षले यो संरचना उपयोगको प्रक्रिया बढाएको हो ।

कोलकाता बन्दरगाहले क्षेत्राधिकारमा नसमेट्दा उद्घाटनको करीब डेढ वर्षसम्म आयातकर्ताले सीएसएस उपयोग गर्न पाएका छैनन् । बन्दरगाह भन्सारले श्यामाप्रसाद मुखर्जी पोर्टअन्तर्गत रहने गरी सीएफएसलाई आफ्नो क्षेत्राधिकारमा राखेपछि त्यहाँ राखिने मालसामानको भन्सार प्रक्रिया हुने भएको हो ।आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot