Logo

एकै क्लिकमा देशभरको माटोको जानकारी



map of nepal

काठमाडौं, माघ २ । अब देशका जुनसुुकै कुनाको माटोबारे जानकारी लिन कम्प्युटरमा एक पटक क्लिक गरे पुुग्ने भएको छ । त्यसका लागि कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले देशैभरको माटोलाई विद्युतीय नक्साङ्कन (डिजिटल म्यापिङ) गर्ने भएको छ ।

देशैभरको जुनसुकै कुनाको माटोबारे जानकारी लिन विद्युतीय नक्साङ्कन तयार भइरहेको र कसैलाई कुनै ठाउँको माटोको गुणस्तरबारे जानाकारी लिनुुछ भने एक क्लिक गरे पुुग्ने कृषि मन्त्रालयका सचिव डा योगेन्द्र कार्कीले जानकारी दिए ।

यो विद्युतीय नक्सा तयार भएपछि प्रदेश, जिल्ला, पालिका, वडाको मात्रै होइन कुनै बिन्दुुमा एक क्लिक गरेपछि त्यहाँको माटोको गुणस्तरबारे जानकारी पाउन सकिने गरी नक्साङ्कन भइरहेको उनको भनाई छ । हालसम्म ५७ वटा जिल्लाबाट २३ हजार नमुना सङ्कलन गरेर त्यसको विश्लेषण भइसकेको र अरू जिल्लाको पनि सङ्कलन गर्ने कार्य जारी रहेको उनले बताए ।

माटो परीक्षण स्याटेलाइटमार्फत भइरहेको अन्तर्राष्ट्रिय मल विकास केन्द्रका माटो वैज्ञानिक डा। यम गैरेले बताए। विभिन्न ठाउँबाट २३ हजार नमुना सङ्कलन भएको र त्यसको आधारमा अन्य ठाउँको माटोलाई स्याटेलाइटमार्फत माटो परीक्षण गरिएको उनले भने ।

यो माटोसम्बन्धी विद्युतीय नक्साङ्कन लागि सार्क मुलुकमै नेपाल नै पहिलो देश हुने उनको भनाई छ । सार्कको सबभन्दा ठूलो देश भारतमा समेत यस्तो नक्सा छैन । यो नक्सा कार्यान्वयनमा आएपछि नेपाल नै पहिलो हुनेछ ।

अन्तर्राष्ट्रिय संस्था सिमेटको प्राविधिक सहयोग र यूएसआईडीको आर्थिक सहयोगमा नेपाल सिड एन्ड फर्टिलाइजर आयोजनाले यो विद्युुतीय नक्सा तयार गरिरहेको आयोजनाका प्रबन्धक डिल्ली केसीले जानकारी दिए । माघको दोस्रो हप्तासम्ममा यो पूरा हुने र माघ २१ गते कृषि मन्त्रालयलाई हस्तान्तरण गरिने उनले भने । कृषि मन्त्रालयलाई हस्तान्तरण भइसकेपछि त्यसलाई प्रधानमन्त्रीबाट उद्घाटन गराउने तयारी भइरहेको सचिव कार्कीले बताए ।

यो नक्सामा कृषियोग्य जमिनलाई मात्र प्राथमिकतामा राखिएको मोटो वैज्ञानिक गैरेले बताए। पछि यो नक्सालाई जति छिटोछिटो अद्यावधिक ग¥यो त्यति राम्रो तर पाँच÷पाँच वर्षमा अद्यावधिक गर्नैपर्ने उनले भने । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्