काठमाडौं, २ माघ । नेपाली बजारमा बिहीबार सुनको मुल्य बृद्धि भएको छ । आज सुनको मुल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
आज सुनको मुल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा खरिद बिक्रि भएका थियो । तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा खरिद बिक्रि भैरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मुल्य प्रतितोला १ हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मुल्य १५ रुपैयाँले बृद्धि भएको हो ।