Logo

नेपाल-भारत परराष्ट्रमन्त्रीबीच वन टु वान वार्ता र संयुक्त आयोगको बैठकमा के भयो



ऋषि धमला, नयाँ दिल्ली । नेपाल-भारत संयुक्त आयोगको बैठक सकिएको छ । हैदरावाद हाउसमा आज भएको बैठकमा दुवै देशबीच रहेका समस्या समाधान देखि आपसी हितका विषयमा कुराकानी भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरबीच वन टु वन वार्ता समेत भएको छ । यो आजको वार्ताको सबैभन्दा महत्वपूर्ण पाटो हो । दुई देशबीच रहेका समस्या समाधान गर्नेबारे वन टु वन वार्तामा कुराकानी भएको बुझिएको छ । वन टु वन वार्ता भएको जानकारी नेपाली राजदूतावासका तर्फबाट पनि औपचारिक रुपमा दिइएको छ ।

वन टु वन वार्ता बेपछि दुवै देशका परराष्ट्रसचिव र राजदूतहरु बसेर ज्ञवाली र जयशंकरले कुराकानी गरेका थिए । त्यसपछि संयुक्त आयोगको बैठक भएको हो । बैठकमा सीमा समस्या, कोरोना भाइरविरुद्धको भ्याक्सिन, व्यापार र पारवहनको विषयलाई नेपाली पक्षले प्रस्तुत गरेको थियो । विश्वस्त स्रोतका अनुसार भारतले सीमाको विषयमा गम्भीर छलफल अगाडि बढाउन चाहेन । बैठकपछि दुवै देशको डेलिगेशनको लन्च भएको छ ।

तस्बिर स्रोतः नेपाली राजदूतावास भारत



प्रतिक्रिया दिनुहोस्

Screenshot