Logo

विप्लवको आक्रामक कदम, नेपाल बन्द सम्मको घोषणा



काठमाडौं, २ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झन् आक्रामक रुपमा प्रस्तुत हुनथालेको छ । विप्लवविरुद्ध सरकार कडा बन्दै गएपछि उसले पनि आक्रामक रणनीति बनाएको हो ।

विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला यसै हप्ता पक्राऊ परेका थिए । यसलाई सरकारको ऊप्रतिको कडा नीतिका रुपमा बुझिएको छ । यसविरुद्ध विप्लवले विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेको छ । जस अनुसार विरोध जुलुस देखि नेपाल बन्द सम्मको कार्यक्रम रहेको छ ।

विप्लवले ३ माघमा देशव्यापी विरोध जुलुस, ५ गते विरोध सभा, ७ गते विरोध प्रदर्शन, ९ गते साँझ मसाल जुलुस गरेर १० माघमा नेपाल बन्दको घोषणा गरेको छ ।

विप्लवको पछिल्लो घोषणालाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराएपछि विप्लव नेतृत्वको नेकपा विस्तारै सक्रिय बन्दै गएको छ । यसलाई निकै अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्