Logo

वर्तमान सरकार कुनै कार्यवाहक सरकार होइन : सुवास नेम्वाङ



काठमाडौँ, ३ माघ । पुर्व सभामुख तथा नेकपा ओली समूहका नेता सुवास नेम्वाङले पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।  प्रदेश नं. १ को नेकपा ओली समुहको बृहत कार्यकर्ता भेला कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनल भने,‘हामीले कुनै नेताविरुद्ध कुनै प्रकारको कदम चालको छैनौँ । हामी अझै पनि पार्टी एकताको पक्षमा छौँ ।’

प्रधानमन्त्रीलाई जनताले पाँच वर्षका लागि चुनेर पठाएपनि उनलाई पार्टी भित्र बाटै काममा बाँधा पुर्याउन कार्य भएकोे उनले बताए । उनले भने,‘वर्तमान सरकार कुनै कार्यवाहक सरकार होइन ।’ सरकारले अहिले सबै कार्य गर्न सक्ने र यो कुनै कामचलाउ सरकार होइन भन्दै उनले स्पष्ट पारे ।

प्रचण्ड नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेको विषयमा व्यंग्य गर्दै भने, “केपी ओलीले छिमेकी देशसंग नझुकी आफ्नो भूमि फिर्ता ल्याएकोमा कारवाही गरिएको हो कि देशलाई विकास तर्फ लगेकोले कारवाही हो त्यो त भन्न पर्यो नि ।“-File Photo



प्रतिक्रिया दिनुहोस्