Logo

निर्वाचन आयोग कुनै बेला पनि निर्वाचन गराउन तयार हुन्छः प्रधानमन्त्री ओली



काठमाडौँ, ३ माघ । प्रधानमन्त्री के पी शर्मा ओलीले लोकतन्त्रमा निर्वाचन आयोग निर्वाचन गराउन कुनै बेला पनि तयार रहेको बताएका छन् । प्रदेश नं. १ को नेपाल कम्युनिष्ट पार्टी  नेकपा ओली समुहको बृहत कार्यकर्ता भेला कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘लोकतन्त्रमा निर्वाचन आयोग निर्वाचन गराउन कुनै बेला पनि तयार हुन्छ । लोकतन्त्रमा कुनै बेला पनि चुनाव हुन सक्छ । तोकिएकै मितीमा चुनाव गराउन पर्ने हुन्छ ।’ सरकारले तोके कै मितीमा निर्वाचन आयोगलाई निर्वाचन सम्पन्न गराउन पर्ने विषयमा अवगत गराए ।



प्रतिक्रिया दिनुहोस्