Logo

नियोजित हल्ला प्रणालीमाथिकै षडयन्त्र



काठमाडौं, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको सर्वोच्च संस्था र स्वतन्त्र न्यायालयको हुर्मत लिने गतिविधि सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले संवैधानिक प्रश्नको समाधान संवैधानिक इजलासबाटै लिइने संवैधानिक व्यवस्थाप्रति प्रश्न उठाउनु र प्रधानमन्त्रीले न्यायाधीश भेटेको भनेर नियोजित हल्ला चलाउनु लोकतान्त्रिक प्रणालीमाथिकै षडयन्त्र भएको चर्चा गरेका छन् ।

उनले भने, “जुन नाम मिडियाले लिएका छन्, ती नाम गरेका न्यायाधीशलाई अहिले होइन, कहिले पनि मैले भेटेको छैन । सपना प्रधान मल्ललाई न्यायाधीश हुनुभन्दा अगाडि भेटेको हो । अरूलाई म चिन्दा पनि चिन्दिनँ ।”

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्याय प्रणालीमाथि जनताको विश्वास हटाउन घिनलाग्दा प्रयास भए । प्रधानमन्त्रीले केही न्यायाधीश भेटेको भनेर हल्ला गरियो । स्वतन्त्र न्यायालयको हुर्मत लिने काम भएको बताए । गोरखापत्रमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्