Logo

नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद दुगड चयन



काठमाडौं, ४ माघ । नेपाल मैदा उद्योग संघको २२ औं बार्षिक साधारण सभाले श्री कुमुद कुमार दुगडलाई आगामी २ बर्षको लागि अध्यक्ष पदमा निर्बिरोध चयन ग¥यो । उक्त सभा शुक्रबार काठमाण्डौमा सम्पन्न भएकोे हो ।

सभाले प्रथम उपाध्यक्षमा श्री दिनेश कुमार अग्रवाल, दितिय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा श्री रमेश राजकर्णिकार र महासचिवमा श्री राधेश्याम अग्रवाललाई चयन गरेको छ ।

अध्यक्ष श्री कुमुद कुमार दुगड बिगतमा २ कार्यकाल संघको अध्यक्ष भईसकेका छन् । सभाले संघको नयां नेतृत्वको लागि पून उनलाईनै अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ ।

सभाले निम्न निर्णयहरु पारित गरी सम्बन्धित निकायमा पहल गर्ने निर्णयहरु यसप्रकार छन् ।

१) मु.अ.करका कारण आयातित मैदा संग प्रतिस्पर्धा गर्न नसकेको हुंदा मु.अ.कर छुटमा बिचार गरि दिन नेपाल सरकार समक्ष अनुरोध गर्ने ।
२) मैदा नेपालमै आत्मनिर्भर भैसकेको हुंदा अन्य मुलुकबाट आयात हुने मैदा पूर्ण बन्देज हुनु पर्ने ।
३) कच्चा पदार्थ गहुं र तयारी बस्तु मैदा आयात गर्दा भन्सार मुल्याङ्कन कमसेकम दुई तहले फरक हुनु पर्ने ।
४) गहुं र मैदा आयात गर्दाको भन्सार शुल्कको फरक कम भएकोले कम्तिमा पनि दुई तह फरक हुनु पर्ने ।
५) गहुं आयातमा ५ प्रतिशत कृषि सुधार शुल्कलाइ उद्योगकै नाममा गहुं आयात गर्दा १ प्रतिशत हुन पर्ने । कमसेकम याा कभबकयल मा भएपनि स्वदेशी उद्योगलाई सहुलिएत दरमा गहुं आयात गर्न पाउनु पर्ने ।
६) फ्लोर फोर्टिफिकेशन आयातित मैदामा पनि हुनु पर्ने ।
७) नेपालमा गहुं उत्पादन बढाउन किसान, सरकार र व्यवसायिको सहकार्य गर्दै जाने ।
८) मैदा निर्यातमा दिंदै आएको निर्यात अनुदान लाई पून ५ प्रतिशत कायम हुनु पर्ने । जसले गर्दा स्वदेशी मैदा विदेश निर्यात हुने ।

 

 



प्रतिक्रिया दिनुहोस्