काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूबारे गरेको टिप्पणीबारे योगेश कुमार भट्टराईले मुख खोलेका छन् । हिजो आफू पक्षीय प्रदेश नम्बर १ को भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले आफूले अवसर दिएको र चुनाव जिताएर मन्त्री बनाउँदापनि योगेशले लात्ती हानेर बुरुक्क उफ्रिएर भागेको टिप्पणी गरेका थिए । त्यसको जवाफमा नेता भट्टराईले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्,‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउदा मलाई दु:ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।’ File Photo/ReportersNepal