Logo

शंकर पोखरेलद्वारा प्रचण्डसँगको सहकार्यमा माधव नेपालले ५ सय एमाले कार्यकर्ताको हत्या गराएको आरोप



काठमाडौं, ४ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालमाथि पाँच सय एमाले कार्यकर्ताको हत्या प्रचण्डसँगको सहकार्यमा गराएको आरोप लगाएका छन् । माधव नेपालले प्रचण्डसँगको सहकार्य सुरु देखि नै भनेको उल्लेख गर्दै पाँच सय एमाले कार्यकर्ताको हत्यामा जम्मेवार रहेको तर्क गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका पोखरेलले यदु गौतमलगायत तत्कालिक एमालेका झण्डै ५ सय कार्यकर्ताको हत्यामा माओवादी संलग्न भएकाले सहकार्य हो भने माधव नेपालले पाटीविरुद्ध घात गरेको बताए । माधव नेपालले प्रचण्डसँग सुरु देखि नै सहकार्यमा रहेको भनेपछि पोखरेलको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

उनले फेसबुकमा लेखेका छन्ः

कमरेड माधव नेपालको प्रचण्डसंग सुरुदेखि सहकार्य रहेको दावी वारे
माधव कमरेड तपाईले जारी गरेको निर्देशन अनुसार तात्कालिक माओवादी उग्रवामपंथको राजनीतिक विरोध र प्रतिवादगर्दा कमरेड यदु गौतम् लगायत तात्कालिक एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन वलिदान गर्नु भएको थियो । तर आज तपाई कमरेड प्रचण्डसंग सुरुदेखिनै सहकार्यमा रहेको दावीगर्दै हुनुहुन्छ । शान्तिप्रकृयामा ल्याउन वार्ता गर्नु र सहकार्य गर्नु फरक होला नि कमरेड । त्यतिवेला साच्चै माओवादी नेता प्रचण्डसंगको सहकार्य रहनु भएको हो भने त्यो पार्टी विरुद्धको घात भएन र कमरेड ?
विधि र पद्धतीमा जोड दिने तपाईले अहिले प्रचण्डसंगको साँठगाँठको औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताका विपरित नवोलेको भए हुन्थ्यो । शान्तिप्रकृयामा प्रवेश पछि त हामी सबै सहकार्यमा होइन एकतामा नै बाधिएका हौ । त्यो भन्दा पहिले लामो समयसम्म तपाईकै नेतृत्वमा माओवादी उग्रवामपंथ विरुद्ध वैचाारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र ? यति छिटै इतिहासको कटु सत्यलाई कसरी विर्सन मिल्छ र ?



प्रतिक्रिया दिनुहोस्