Logo

प्रहरीलाई मार्ने धम्की दिएपछि फ्रान्कफर्ट विमानस्थल केही समय बन्द



एजेन्सी, ४ माघ । फ्रान्कफर्ट विमानस्थलमा एक मानिसले प्रहरीलाई मार्ने धम्की दिएपछि उक्त विमानस्थल र नजिकै रहेको रेलवे स्टेशनलाई केही समय बन्द गरियो । शनिबार टर्मिनलमा छिर्ने क्रममा मानिसलाई प्रहरीले रोक्दा उनले मार्ने धम्की दिएपछि विमानस्थललाई बन्द गरिएको थियो ।

सञ्चार माध्यम तासले प्रहरीको भनाईलाई उदृत गर्दै भनेको छ,‘व्यक्तिगत सुरक्षाका लागि मानिसलाई टर्मिनलमा जाँच गर्न रोक्न खोज्दा उनी रिसाएको र मारिदिन्छु भन्ने धम्की समेत दिएको थियो । र, मारिदिन्छु भन्दै धम्की दिएलगतै उनले अल्लाह हो अकबर समेत भनेका थिए ।’ उक्त व्यक्ति आफ्नो जाँचबाट भाग्ने प्रयास गरेको कारण उनले प्रहरीलाई धम्काएको प्रहरीले जनाएको छ । विमानस्थलको टर्मिनल एकमा ती मानिस हतियार लिइ छिरेको र विमान स्थलब न्द गर्न खोजेको अग्रिम जानकारी पछि प्रहरीले उनलाई चेकजाँच गर्न खोजेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot