दाङ, ४ माघ । धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै दाइ ४९ वर्षीय टिकाराम ठाडालाई धारिलो हतियार बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा तुलसीपुरका ४१ वर्षीय यम बहादुर ठाडालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी यम बहादुरले आफ्नै दाइलाई बन्चरो प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । घाइते टिकारामको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचार भइरहेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।