काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । आज विहान शितलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेको बालुवाटार स्रोतले जनाएको छ । भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बुझिएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेका छन् ।
घोषित मितिमै निर्वाचन गर्नेगरि आवश्यक तयारी थाल्नसमेत प्रधानमन्त्री ओलीले निर्देशन दिईसकेका छन् । सोहीअनुसार गृहसचिवले समेत आज निर्वाचनको तयारी थाल्न मातहतलाई निर्देशन दिएका छन् । उता, निर्वाचन आयोगले समेत निर्वाचनको तयारी थालेको छ । उसले आज दलका प्रतिनिधिहरुलाई आयोगमा छलफलको लागि बोलाएको छ । File Photo