Logo

आयोजना प्रभावितले मात्र आवेदन दिन पाउने गरी सिंगटी हाइड्रोको आईपीओ बिक्रि खुल्ला



काठमाडौं, ४ माघ । सिंगटी हाइड्रो कम्पनी लिमिटेडले आजबाट शेयर सर्वसाधारणको लागि निष्कासन तथा बिक्रि खुला गरेको छ । कम्पनीले दोलखाका आयोजना अति प्रभावित क्षेत्रहरु बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाको लागि शेयर बिक्रि खुला गरेको हो ।

कम्पनीले करिब १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँको दरले बिक्रि गर्न लागेको जनाएको छ । कम्पनीले निष्कासन गरेको आइपीआमो माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने तोकिएको शेयर बिक्रि नभएमा फागुन ३ गतेसम्म स्थानियले आवेदन दिन सक्ने स्पष्ट जानकारी दिएको छ ।

स्थानियले न्युनतम १० कित्तादेखि २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले अति प्रभावित क्षेत्रका स्थानियलाई शेयर बिक्रि गरेपछि २९ करोड बराबरको २९ लाख कित्ता शेयर बिक्रि गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्