Logo

चिलिमे जलविद्युतको नगद लाभांश शेयरधनीको खातामा



काठमाडौं, ४ माघ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । बैंकले  १० प्रतिशत लाभांश शेयरधनीहरुको खातामा जम्मा गरेको हो ।

कम्पनीको पुस १२ गते सम्पन्न साधारण सभाले पारित गरेको कर सहित १० प्रतिशत नगद लाभांश खातामा जम्मा गरेको बैंकले जनाएको छ ।

हितग्राही खातामा बैक खाता अध्यावधिक गराएका शेयरधनीहरुको खातामा उक्त लाभांश पुस १६ गतेबाट जम्मा गर्न सुरु गरेको जनाएको छ । बैकले भौतिक शेयरधारण गरेका शेयरधनीहरुलाई चाडै नै अभौतिकरण गराई बैक खाता नम्बर सहितको विवरण अध्यावधिक गरेर लाभांश लिन अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्