Logo

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा अहिलेसम्म १० लाख भन्दा धेरैको आवेदन



काठमाडौं, ५ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपीओ खरिदको लागि आज बिहानसम्म १० लाख ८ हजार २७३ जनाको आवेदन परेको छ ।

प्रबन्धकले १२ करोड २३ लाख ५५ हजार कित्ताको लागि आवेदन परेको जनाएको छ । नेपाली बजारको अहिलेसम्मै कै सर्वाधिक आईपीओमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । ८ अर्ब रुपैयाँको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो ।

आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरोशेयर सफ्टवेयरसँगै मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्