Logo

हिंसा मच्चिनसक्ने खतरा, सुरक्षा निकाय शतर्क



काठमाडौं, ५ माघ । देशमा फेरि ठुलो हिंसा मच्चिन सक्ने खतरा बढेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आन्दोलन शाकाहारीमा सिमित नहुने बताइसकेका छन् । उनले आक्रामक रुपमा प्रस्तुत हुने भन्दै लाठी मुग्रा र भिडन्तसम्मको कुरा गरेका छन् ।

नेकपाको दाहाल नेपाल समूहको ९ माघमा शक्ति प्रदर्शन र त्यसको भोलिपल्ट नेत्रविक्रम चन्द विप्लवको बन्द घोषणा आव्हान गरेको छ । नेकपाको शक्ति प्रदर्शन प्रतिनिधि सभा विघटनविरुद्ध केन्द्रित छ । सडकमा टुसुक्क बसेको भरमा ओलीको सत्ता नडमगने बुझेर प्रचण्डले आक्रामक बन्द पार्टी निकट युवाहरुलाई निर्देशन दिइसकेका छन् ।

सरकार नेकपाको विप्लव समूहप्रति पनि कडा बनेको छ । धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनको रिहाईको माग गर्दै विप्लव समूहले बन्द घोषणा गरेको छ । त्योभन्दा अघि विरोध प्रदर्शन देखि मशाल जुलुस समेत निकाल्ने भएको छ । विप्लवको गतिविधि बढ्दै जाँदा हिंसा मच्चिनसक्ने संकेतहरु मिल्न थालेको छ । अर्कोतर्फ, प्रचण्डले आफू लाठी खान तयार भएको सम्मको अभिव्यक्ति दिएका छन् ।

प्रचण्डले आन्दोलनलाई आक्रामक बनाउने भनिरहँदा विप्लव पनि सक्रिय हुनुलाई अर्थपूर्ण मानिएको छ । योसँगै सरकार अझ कडा नीति लिएर बढ्ने देखिएको छ ।
प्रचण्डले आक्रामक शैलीको आन्दोलन गर्ने भनेपछि सुरक्षा निकायलाई शतर्क हुन निर्देशन दिइएको छ । अर्कोतर्फ, विप्लव समूहको गतिविधिको समेत निगरानी बढाइएको छ ।

प्रतिनिधि सभा विघटनमाथि संवैधानिक इजलासमा भइरहेको सुनुवाईको फैसला पनि चाँडै हुने भएको छ । निर्वाचन आयोगले पनि नेकपाको आधिकारितासम्बन्धी निर्णय दिने तयारी गरेको छ । सर्वोच्चको फैसला र आयोगको निर्णयलगत्तै उत्पन्न हुनसक्ने परिस्थिति पनि सहज नहुने देखिदैछ । मुठभेड र हिंसा मच्चिनसक्ने भन्दै सुरक्षा निकाय शतर्क छन् ।



प्रतिक्रिया दिनुहोस्