Logo

एनआइसी एसिया वैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा पक्राउ



काठमाडौं, ५ माघ । एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुन ठुलोभ¥याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा माछापोखरी बस्ने वैतडी घर भएका २८ वर्षीय कमल बहादुर धानुक आइतबार राति पक्राउ परेका हुन् ।

उक्त कार्यमा संलग्न उनकै साथी फरार रहेकोले प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्