झापा, ५ माघ । लागुऔषध मुद्दाका फरार प्रतिवादी शुक्रबार पक्राउ परेका छन् । लागुऔषध मुद्दाका फरार प्रतिवादी गौरीगञ्जका ३९ वर्षीय जयनारायण राजबंशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत झापा भद्रपुरको २०६४ मंसिर ३ गतेको फैसलाले लागूऔषध मुद्दामा १ वर्ष कैद तथा ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय गौरीगञ्ज झापाबाट खटिएको प्रहरीले उनकै घर वतनबाट पक्राउ गरेको जनाएको छ ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।