Logo

छोरीमाथि ७ वर्षयता बलात्कार गर्ने बाबु



एजेन्सी, ५ माघ । ७ वर्षसम्म आफ्नो छोरीको निरन्तर बलात्कार गर्ने बाबुलाई भारतको हिसार प्रहरीले नियन्त्रणमा लिएको छ । १७ वर्षिया आफ्नो छोरीलाई निरन्रत बलात्कार, शोसन र कैयौँ पटक गर्भवती बनाएको कारण उनलाई हिसार प्रहरी नियन्त्रणमा लिएका हो ।

बालिकालाई कैयौँ पटक गर्भवती बनाएर गर्भपात समेत गराउने लगाएको र ११ वर्षको हुँदा आफ्नै बाबुले दुव्र्यवहार गरेको आरोप लागेको जनाइएको छ । बाबुलाई प्रहरीले हिरासतमा राखी उनलाई सोधपुछ गरिरहेको जनाइएको छ । बलात्कृत छोरीले हिसार प्रहरी कार्यलयमा धारा ३७२(२)(एन) लगातार बलात्कृत भएको, ३७६(२) अभिभावकद्धारा बलत्कृत भएको, ३५४–ए(१) निरन्तर बलात्कृत भएको, ३१३ महिलाको अनुमति बिना उनको गर्भपात गरिएको, ३२३ शरीरीक चोट पुर्याएको, ५०६ अपराधिक बलात्कार गरेका आरोप लगाएकी छिन् ।

बालिकाको बयानलाई टाइम्स अफ इन्डियाले उदृत गर्दै लेखेको छ,‘मेरो बाबु सरकारी अधिकृतको घरमा खाना पकाउने गर्छन् । र, हामी सरकारी क्वाटरमा बसोबास गर्छौँ । मलाई मेरो बाबुले निरन्तर सात वर्ष सम्म बलात्कार गरेको र आवाज उठाउन खोज्दा मलाई मरिदिने धम्की समेत दिने गर्दथे ।’ बलात्कृत बालिकाको नाम भने गोप्य राखिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot