Logo

पकिस्तानले कोरोनाविरुद्व अक्सफोर्ड भ्याक्सिनलाई दियो स्वीकृती



एजेन्सी, ५ माघ । पाकिस्तानले कोरोनाविरुद्ध आपतकालिन प्रयोगका लागि अक्सपोर्ड एस्टे«जेनेकालाई स्वीकृती दिएको छ । एस्ट्रजेनेकाको खोपलाई यस वर्षको पहिलो त्रैमासिकमा पाकिस्तान भित्राउने भएको जनाइएको छ ।

पाकिस्तानको ड्रग रेगुलेटरले एस्ट्रेजेनेकालाई आपत्तकालिन प्रयोग गर्न शनिबार अनुमति दिएको हो । पाकिस्तानमा कोरोना भाइरसविरुद्धको खोप अभियान मार्च महिनाको सुरु दखि गरिने पाकिस्तानी स्वास्थ्य निकायले जनाएको छ ।

पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप स्वास्थ्यकर्मी र ६५ वर्ष भन्दा माथि उमेरका मानिसहरुमा प्रयोग गरिने जनाइएको छ । पाकिस्तानले चीनसित समेत कोरोना खोपके विषयमा छलफ गरिरहेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot